हेर्न जाने होइन त अनुहारको क्यारिकेचर प्रदर्शनी काठमाडौं।क्यारिकेचर अर्थात् ‘अनुहारको व्यङ्ग्यात्मक हाउभाउ’ व्यङ्ग्यचित्रको अर्को पाटो हो। रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्रको रुपमा समेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ। क्यारिकेचर प्रदर्शनी आइतबार शुरु भएको छ। ‘नेपाली क्यारिकेचर–२०७९’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले आयोजना गरेका हुन्। प्रतिष्ठानको ‘प्रदर्शनी हल’मा असार ३० गतेसम्म प्रदर्शनी चल्नेछ। २५ महिलासहित ४९ जना कलाकारले बनाएका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्