पूर्व छापामार पेट्रोे बने कोलम्बियाको राष्ट्रपति कोलम्बियामा पूर्व छापामार लडाकु राष्ट्रपति चुनिएका छन्। आइतबार भएको चुनावमा एम–१९ क्रान्तिकारी अभियानका पूर्वसदस्य गुस्ताभो पेट्रो राष्ट्रपतिमा विजयी भए। ६२ वर्षीय पेट्रो कोलम्बियाको इतिहासमा राष्ट्रपति चुनिने पहिलो वामपन्थी नेता हुन्। सन् १९८० को दशकमा क्रान्तिकारी समूह एम–१९ का छापामार लडाकु थिए। चुनावी परिणामपछि राजधानी बोगोटामा समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘आजबाट कोलम्बिया परिवर्तन हुनेछ, कोलोम्बिया फरक हुनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्