फिफा विश्वकप २०२६ तीन देशमा हुने काठमाडौं। सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबल महासंघ (फिफा) को रुसमा बुधबार सम्पन्न कंग्रेसले विश्वकपको २३औं संस्करण उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ। विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ हुने भएपछि अफ्रिका र एसियाली देशहरूको कोटा पनि बढ्ने निश्चित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्