भूमि पूजा के हो ? किन पुजिन्छ प्रकृतिलाई ? काठमाडौं। मगर समुदायले भूमिको पूजा गर्दै मनाउने पर्व हो भूमि पूजा। वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन छ। पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको नेपाल राष्ट्रिय मगर संघका महासचिव टेक नाम्जाली मगरले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्