काठमाडौंको एक अनौठो चलन, पैसामा किला ठोक्दा दाँतको दुखाइ कम काठमाडौं।असनको एउटा सानो गल्लीमा दाँतको आकार जस्तो पनि देखिने अनगिन्ति पुराना पैसाको सिक्काहरुमा ठोकिएको किला देखिन्छ।यसलाई नेवारी भाषमा वाश्या द्यो भनिन्छ।यसको अर्थ दाँतको दुखाई कम गर्ने देवी।अहिले उक्त देवीलाई सीसाले छोपिएर राखिएको छ।दाँतमा समस्या आए यहाँ आएर दर्शन गर्नु पुरानो मान्यता छ।दाँत सम्बन्धी कुनै पनि समस्या छ भने यता आएर पूजा गरेर यसमा पैसाको सिक्का ठोक्नुपर्छ भन्ने मान्यता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्