अब खेती योग्य जमिन बाँझो राखे जरिवाना काठमाडौं।तपाईले आफ्नो खेतीयोग्य जमिन बाँझो राख्ने गर्नुभएको छ भने अबदेखि भने विचार पुर्याउनु होला है,किनभने सरकारले आफ्नो खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम ल्याएको छ।मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरे संगै जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको हो।नियमावली अनुसार काबुबाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्