पहिला जनताको समस्या हल, अनिमात्रै निजगढ विमानस्थल काठमाडौं।निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ।प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित सर्वोच्च अदालतले दिएको फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्।विना विकल्प विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको उनीहरुको भनाई रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्