ट्रायलको फर्म भर्न नयाँ नियम, के के गर्नुपर्छ त ? आवेदन भर्न एप्लाईडीएल डट् डीओटीएम डट जीओभी डट् एनपीमा गई रजिष्टर गर्नुपर्छ।पहिलेजस्तो सिधै फारम भर्न पाइँदैन।यूजर आइडी र पासवर्ड आफैले बनाइसकेपछि फारम लगइन गरी पहिलेजस्तै आफ्नो तीनपुस्ते विवरण भर्नुपर्छ।विवरण भर्दा नागरिकताको प्रतिलिपी पनि अनलाइनबाट बुझाउनुपर्छ।फारम बुझाएपछि शारीरिक परीक्षण तथा फोटो खिच्नका लागि आवेदनमा छनोट गरिएको कार्यालयमा बोलाइन्छ।शारीरिक परीक्षण तथा फोटो खिचिसकेपछि मात्रै लिखित परीक्षा हुन्छ,परीक्षाको अर्को दिन मात्रै ट्रायल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्