टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस काठमाडौं।१५औँ गणतन्त्र दिवसका अवसरमा आज बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्याधीश दीपककुमार कार्की,प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायत उच्चपदस्थ अधिकारी उपस्थित रहेको थियो।कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टि गरिएको थियो।सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपास गरेका थिए र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत समेत गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्