फिलिपिन्समा तानशाहका छोरा निर्वाचनमार्फत् सत्तामा फर्किए काठमाडौं।फिलिपिन्समा फर्नान्डिज मार्कोस जुनियर नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनी फिलिपिन्सका बदनाम तानाशाह फर्डिनान्ड मार्कोस र इमेल्दा मार्कोसका सन्तान हुन्। मार्कोस सिनियरले सन् १९६५ देखि १९८६ सम्म फिलिपिन्सको सत्तामा रहँदा १४ वर्ष सैनिक शासन चलाएका थिए। उनको शासनकालमा ७० हजारलाई जेल,३४ हजारलाई कठोर यातना तथा ३ हजारको क्रूर हत्या गरिएको थियो।सम्पत्ति लुकाएको भन्दै अदालतले उनलाई ११ वर्ष सजाय दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्