मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ पैसा बाँडेको आरोपमा पक्राउ काठमाडौं। स्थानीय तह निर्वाचनका लागि पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। उनलाई जनकपुरधामस्थित सीताशरण होटलबाट झोलासहित बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो। अध्यक्ष मियाँलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले पक्राउ गरेको हो। मियाँमाथि थप अनुसन्धान भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्