श्रीलंकामा आर्थिक विपत्ति ल्याएको भन्दै नागरिकले नेताहरुका घर जलाइदिए एजेन्सी। श्रीलंकामा हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएको छ। जसले गर्दा सरकारले देशव्यापी कर्फ्यु लागू गर्दै प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिएको छ। मंगलबार प्रदर्शनकारीहरुले ५० भन्दा धेरै दलका नेताहरुको घरमा आगजनी गरिदिएका छन्।आर्थिक संकट बढ्दै गएपछि नागरिकहरुले दिनहूँ हिंसात्मक प्रदर्शन गर्दै आएका छन्। सोमबार र मंगलबार मात्रै प्रदर्शनमा सांसदसहित सात जनाको मृत्यु भएको छ। प्रदर्शनकारीले गाडीहरुमा आगजनी, तोडफोड रोकेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्