यी हुन थप सात विमानस्थल,जसले अब रात्रीकालीन सेवा दिन्छन काठमाडाैं।आजदेखि थप ७ वटा विमानस्थलले दैनिक १८ घण्टा सेवा दिने भएका छन्।यसरी रात्रिकालीन उडान गर्ने विमानस्थलमा चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थल रहेका छन्।यी विमानस्थलहरुले विहान ६ बजेदेखि राती १२ बजेसम्म उडान भर्नेछन्।विमानस्थलको रात्रीकालिन सेवाले यात्रुलाई समेत सहज हुने विश्वास लिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्