आजदेखि एसईई, ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुँदै काठमाडौं।माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर सुरु भएको छ।बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ।परीक्षा वैशाख २० गते सकिने छ।कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो।अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्