सार्वजनिक यातायातको भाडा बढ्यो, कति पुग्यो ? काठमाडौं। सरकारले आइतबारबाट लागुहुने गरी अन्तर प्रदेशमा चल्ने लामा दुरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढाएको छ। विभागले यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गरेको हो। व्यवसायीहरुले यातायात साधनको भाडा बढाउन माग गरेपछि उनीहरुको माग सम्बोधन गर्दै विभागले आज नयाँ भाडादर सार्वजनिक गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्