जोर बिजोर लागू गर्न र दुई दिन सार्वजनिक बिदा दिन निगमको माग काठमाडौं। नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। इन्धनको मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन्। अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्