चिनियाँ विदेशमन्त्री भ्रमणको सन्देश काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतसँग भेटवार्ता गरेका थिए। उनले नेपालको नेपालको विकासमा चीनले साथ दिने, नेपालमा हुने भू–राजनीतिक खेलको सदैव विरोध गर्ने र बीआरआईमार्फत् नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्