चीनमा १ सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ।चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ।दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्