जहाँ निर्वाचन अघि नै चुनिए वडा अध्यक्ष र सदस्य नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले स्थानीय तहको निर्वाचनअघि नै जनप्रतिनिधि चुनेका छन्।सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ।तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन्।झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ,हल्जी र तिल गरी ३गाउँ छन्।स्थानीयले अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्