एमसीसीको विरोधमा सत्तारुढ नैै दलहरु सडक संघर्षमा उत्रनुलाई कुन रुपमा लिन सकिन्छ ? बुधबार संसददेखि सडकसम्म फरक दृश्य देखियो।प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याउन लागेको कार्यसूची सत्ता गठबन्धनकै नेताहरु प्रवेश नै गर्न नदिने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अडान लिए।त्यही अडानका कारण सरकारले बुधबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने एजेन्डा नै कार्यसूचीमा ल्याउन सकेन।सत्ता गठबन्धनका घटकहरुमध्ये कांग्रेसभित्र एमसीसी पारित गर्ने विषयमा एक मत भएपनि माओवादी केन्द्र र एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा त्यसको विरोधमा उत्रिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्