बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ।ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको जानकारी दिए।मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ।केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ। पत्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चोरी भएको थियो।मूर्ति यही ८ माघमा हराएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्