स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णयलाई के भन्नुहुन्छ ? सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो। सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि निर्वाचन आयोगले जेठ ४मा निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। जेठ ४मा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति घोषणा गर्न बाध्य भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्