नेकपा माओवादी केन्द्रले महाधिवेशनको दुईमहिनासम्म पनि किन पदाधिकारी चयन गर्न नसकेको होला ? महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिनासम्म पनि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। गत पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षमा प्रचण्डसहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन। आगामी २७ माघमा बोलाइएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य अघि बढाएपनि सहमति जुट्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्