शिक्षकका लागि छुट्टै अस्पताल निर्माणकार्य अघि बढाउने सरकारको निर्णय कस्तो लाग्यो ? सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । यसअघि निजामति कर्मचारी, सेना र प्रहरीकालागि अस्पताल भएपनि शिक्षकका लागि छुट्टै अस्पताल थिएन ।शिक्षकहरुले लामो समयदेखि अस्पतालको माग गर्दै आइरहेका थिए । अन्ततः सरकारले २१ बिगाहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्