राष्ट्रिय परिचयपत्र लिन नै यस्तो सास्ती ! काठमाडौंको सरकारले राष्ट्रिय परिचयपत्रका नाममा सर्वसाधारणलाई दुःख दिइरहेको छ। विदेश जाने तयारीमा इलेक्ट्रोनिक पासपोर्ट बनाउन गएकाहरूलाई अहिले अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम लगाइएको छ। अहिलेसम्म हाम्रो सरकारी संयन्त्रले पासपोर्ट र सवारी लाइसेन्सधरि सजिलोसँग दिन सकेको छैन। एउटा परिचयपत्रका लागि जनता चार–पाँच दिन लाइनमा बस्नुपर्ने अवस्था छ। यसअघि ७७ वटै जिल्ला र १४ वटा इलाका प्रशासनबाट परिचयपत्र वितरणभईरहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्