क्रिकेटमा साधन स्रोतको केही कमी हुदैँनः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन्।विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले भने “मलाई अत्यन्त खुसी लागेको छ।हिजोको प्रदर्शनले तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ।देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। तपाईहरूको प्रर्दशन थप राम्रो होस्, अग्रिम शुभकामना व्यक्त गर्दछु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्