विश्व बजारमा प्रतिस्पर्धा गर्न प्राविधिक शिक्षा अत्यावश्यक छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्।सोमवार पद्योदय विद्यालयको हिरक जयन्ती कार्यक्रममा उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको बताए।सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्