सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछः प्रधानमन्त्री दाहाल काठमाडौं, २४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन्। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। ‘पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्