प्रचण्डको प्रस्तावः चौतर्फी घेराबन्दी शुरु भयो, पूर्व माओवादीहरु फेरि मिलौं काठमाडौं, २१ फागुन। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन्। आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताए। प्रधानमन्त्री दाहालले आफुले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्