जनयुद्ध अब माओवादीको मात्रै होइन राष्ट्रकै सम्पती हो: प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई राष्ट्रकै सम्पत्ति भएको बताएका छन्। जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताउँदै उनले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न फागुन १ गते सार्वजनिक विदा दिएको प्रष्टीकरण दिए। जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्