सत्ता गठबन्धन धरापमा, बालकोट पुगे प्रचण्ड काठमाडौं। प्रधानमन्त्रीमा सहमति नजुटेपछि अन्ततः सत्ता गठबन्धन टुटेको छ ।बालुवाटारमा निर्णायक मानिएको गठबन्धनको बैठक निष्कर्षविहीन बनेसँगै गठबन्धन धरापमा परेको हो ।कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका हुन् । प्रचण्ड बैठक छाडेर सिधै बालकोट पुगेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन खोजेको तर नसकेको स्वीकार गरिसकेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्