देश यातायात, सिंचाइ, चुलोचौको सबै विद्युतबाटै गर्नेतिर अगाडि बढ्दै छ: प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा घण्टौँ हुने लोडसेडिङ हटाउन माओवादीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। बुधबार चितवनमा भएको एक कार्यक्रममा उनले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख कर्याकारी अधिकृत बनाएसँगै लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आफ्नो निर्णयमा गर्व लागेको बताए। उनले देशमा विद्युत् ‘सरपल्स’मा रहेको भन्दै विदेशमा ऊर्जा बेच्ने अवस्था आएको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्