नेपाल-चीनबीच काठमाडौं-केरूङ रेल र सुरूङ मार्गकाे सम्भाव्यता अध्ययन गर्ने सम्झाैता
काठमाडौं ।  नेपाल र चीनबीच बहुचर्चित काठमाडौं–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी काठमाडौं–केरूङ सडकको टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेसी सुरूङ मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । याे लगायत अन्य विभिन्न १७ वटा विषयमा भएका द्विपक्षीय सम्झाैता र समझदारी पत्र आदान-प्रदान गरिएको छ।

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डको वार्तापछि आपसी सहयोगका विभिन्न विषयका सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।सोल्टी होटलमा भएको द्विपक्षीय वार्तापछि आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको सहभागितामा ती सम्झाैता र समझदारी पत्र आदान-प्रदान गरिएको हो।

समझदारी पत्र पूर्वाधार विकासमा केन्द्रित छ। स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर भएको हो।

काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्