चिनियाँ लगानी स्वागत गर्छौं: देउवा
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरुमा चिनियाँ लगानीको आफूहरुले स्वागत गर्ने बताएका छन्।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग हिजो साँझ भएको भेटमा देउवाले 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई) लाई आफूहरुको समर्थन रहेको धारणा राखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटपछि चिनियाँ राष्ट्रपति सी र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोल्टी होटलमा २० मिनेट वान–अन–वान भेटघाट भएको थियो।

कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतका अनुसार राष्ट्रपति सीले एक चीन नीतिको पक्षमा कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीचको पार्टीगत सम्बन्ध विस्तारबारे पनि कुरा भएको आजको कान्तिपुरमा समाचार छापिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्