नेपाल र चीनका राष्ट्रपतिबीच भेटवार्ता सम्पन्न, रात्रिभाेज शुरू

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएकाे छ।

राष्ट्रपति भवन शीतल निवासमा करिब ४० मिनेट भएकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएकाे शितल निवास स्राेतले जनाएकाे छ ।

भेटवार्ता सकेर चिनियाँ राष्ट्रपति सी हाेटल साेल्टी क्राउन प्लाजा पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सी काे सम्मानमा आयाेजना गरेकाे रात्रिभाेज भर्खरै शुरू भएकाे छ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्