चिनियाँ राष्ट्रपति सी चेन्‍नईबाट नेपाल प्रस्थान <p>काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालका लागि प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने अनौपचारिक शिखर सम्मेलनका लागि हिँजो तमिलनाडू पुगेका राष्ट्रपति सी नेपाली समय अनुसार आज दिउँसो २ बजे चेन्&zwj;नईबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।&nbsp;</p> <p>राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपालको दुई दिने राजकीय भ्रमणमा छन् । उनको आजै राष्ट्रपति भण्डारी तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट तय भएको छ ।</p> <p>भोलि&nbsp;बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ता हुनेछ । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुनेछ ।</p> <p>राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्