कर्णाली विकासका लागि उत्पादन वृद्धि जरूरीः मुख्यमन्त्री शाही <p>कालीकोटको खाँडाचक्र नगरपालिका&ndash;८ स्थित जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्।</p> <p>कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीकाे भनाइ छ।&ldquo;स्याउ, सिमीलगायतका जे-जे उत्पादन हुन्छन्, त्यसको उत्पादन वृद्धि गर्नुस्,&rdquo; शाहीले भन्छन्, &ldquo;हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छाैं, पैसा पठाएको छौं।&rdquo; &nbsp;</p> <p>विगतमा आफैं उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता भए पनि अहिले काेही आयो भने माग्ने काम मात्रै हुने गरेकाे उनकाे भनाइ छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्