विकासकाे अभियानमा मिलेर अघि बढाैंः पाैडेल <p>बुटवल उपमहानगरपालिका&ndash;१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उनले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गरे।&nbsp;</p> <p>पाैडेलले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राखेका छन्। बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने उनले प्रतिबद्धतासमेत जनाए।</p> <p>उनले तीनाउपारिका क्षेत्रको विकासका लागि तिनाउ&ndash;दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताए। &ldquo;यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ,&rdquo; उनले भने, &ldquo;आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्निसमयमै सकिन्छ।&rdquo;</p> <p>मन्दिर व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्