माओवादीकै नेताहरु पनि भ्रष्टाचारमा पर्दैछन्, कारबाही हुन्छ : गृहमन्त्री काठमाडौं, २० जेठ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेतापनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्ने बताएका छन्। भोलि केही माओवादीका नेताहरु पनि भ्रष्टाचारमा परे आश्चर्य नमान्न आग्रह गर्दै उनले उनीहरुमाथि पनि कारवाही हुने बताए। शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रियभेलालाई सम्बोधन गर्दै उनले सरुवा, बढुवा भनेर नागरिक झुक्याउनेलाई जेल हाल्ने चेतावनी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्