केपी ओली हेडमास्टर मात्र होइन, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो: गोकुल बाँस्कोटा काठमाडौँ, ९ जेठ। सत्तापक्षका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई दिएको 'हेडमास्टर' संज्ञा नपुगेको एमालेका सांसद गोकुल बाँस्कोटाले बताएका छन्। बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उनीबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिए।एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय भएको र ओली त्यसको भीसी, प्रोफेसर, डाक्टर‚ इन्जिनियर,आर्किटेक्ट सबै भएको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्