दलहरुबीच आफ्ना जनता बेचेर खोने सहमति देखियो : राजेन्द्र लिङ्देन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन्। बिहीबार राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको विरोधमा गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचारमा ठूला दलहरुको सहमति भएको टिप्पणी गरेका हुन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन चालिएको प्रकरणले विश्व जगतमा नेपालको बद्नाम भएको पनि लिङ्देनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्