१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको अल्टिमेटम काठमाडौं। नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं। तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्