सरकार दौडनुपर्ने हो, हिड्न पनि सकेनः गगन थापा काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सरकार दौडिन सुरु गरिनसकेको बताए। उनी भन्छन्,‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ। तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन। अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्