गृहका सूचना अधिकारी भन्छन्, ढुक्क हुनुस् सरकारले मिटरब्याज पीडितलाई बेघरबार हुन दिन्न काठमाडौं। पछिल्लो केही दिनदेखि विभिन्न जिल्लाका मटिरब्याज पीडितहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। यसै क्रममा रत्नपार्कमा विरोध प्रदर्शन गरिरहेका पीडितहरुलाई भेट्न गृह मन्त्रालयको प्रतिनिधित्व गर्दै सूचना अधिकारी दिल कुमार तामाङ आएका थिए। उनले पीडितको समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरिएको र छिट्टै समाधान गर्ने बताएका छन्। यसका साथै उनले सरकार समस्या समाधानको लागि लागिपरेको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्