प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञाः प्रहरी महानिरीक्षक कुँवर काठमाडौं, १२ चैत। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्। आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि उनले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने जनाए। उनले प्रहरीमा सुधार आवश्यक रहेको समेत बताए। ‘प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो।यसबाट म किञ्चित पनि डगमगाउने छैन,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्