एक दुई दिन भित्रै मन्त्री परिषद्ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं ।उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उनले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरे।अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै उनले भने, ‘सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्