प्रधानमन्त्रीलाई लिङ्देनको कटाक्ष : ‘नयाँ गाडी दिँदादिँदै पुरानै गाडी चलाउन फर्किनुभयो’ काठमाडौं, ६ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘उहाँले स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो। त्यसपछि हामी सरकारमा बसिरहन सकेनौं। समर्थन फिर्ता लियौं। उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्