नेपालीमा बचत गर्ने बानी हरायोः गभर्नर अधिकारी काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्ने बताएका छन्। सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताए। मुद्रालाई वचत गर्न जरुरी रहेको भन्दै वचतबाट नै आम्दानी बढ्ने उनको दाबी थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्