नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने काठमाडौं, ५ चैत। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिई सरकारमा जाने निर्णय गरेको छ। आज बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेताहरु डा.शशांक कोईराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्