नेपालको समृद्धि यात्रामा चीनसँगको सहकार्य कोसेढुंगा हुनेछ काठमाडौं, २ चैत। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकार चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभ्समा १०वर्षः नेपालको अनुभव’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्विकार गरे।‘ठूला पूर्वाधारको विकासमा बीआरआई अन्तरगत सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्